अन्तर्राष्ट्रिय

बेल्जियम–स्वीडेन युरोकप २०२४ क्वालीफायर फुटबल म्याच रद्द

क्याप्शन

बेल्जियम–स्वीडेन युरोकप २०२४ क्वालीफायर फुटबल म्याच रद्द भएको छ।

बेल्जियमको राजधानी ब्रसेल्समा दुईजना स्वीडिश नागरिकको हत्या भएपछि म्याच रद्द गरिएको हो।

बीबीसीका अनुसार दुईजना स्वीडिश नागरिकको बन्दुकधारी एक समूहले सोमवार गोली हानी हत्या गरेको हो। जसमा एकजना घाइते समेत भएका छन्।

घटनामा संलग्न हालसम्म पक्राउ नपरेका कारण ब्रसेल्समा उच्च सतर्कता अपनाइएको छ।

बेल्जियमको सङ्घीय अभियोजकका प्रवक्ता एरिक वेन ड्यूसेले जबसम्म घटनामा संलग्न व्यक्ति पक्राउ पर्दैन तबसम्म सतर्क र सचेत रहन था घरभन्दा बाहिर ननिस्कन अपिल गरेका छन्।  

घटना पछि बेल्जियमका प्रधानमन्त्री एलेक्जेन्डर डी क्रोले दुःख व्यक्त गरेका छन्। उनले घटनालाई आतङ्की भन्दै आफ्ना नागरिकलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

प्रकाशित: ३० आश्विन २०८० ०३:०७ मंगलबार

बेल्जियम ब्रसेल्स दुईजनाको हत्या स्वीडिश नागरिक