अन्तर्राष्ट्रिय

सीको रात्रीभोजमा मेलानियाको चिनियाँ गाउन

बेइजिङ– एघार दिनको एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी प्रथम महिला मेलानिया ट्रम्प चिनियाँ पोशाकमा देखिएकी छिन्। उनी चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको रात्री भोजमा सहभागी हुँदा चिनियाँ पोशाक गुजी गाउनमा देखिएकी हुन्।

प्रथम लेडी मेलानिया ट्रम्प चिनियाँ पोशाकमा सजिएको यो दोस्रो पटक हो। सन् २०१६ जुन मा हलिउडको एक कार्यक्रममा पनि उनी गुजी गाउनमा देखिएकी थिइन्। राष्ट्रपति ट्रम्पको स्वागतमा चिनियाँ राष्ट्रपति सीले चीनको ग्रेट हल अफ द पिपल्समा रात्री भोजको आयोजना गरेका थिए। भोजमा ट्रम्प पत्नी र सी पत्नीबीच पोशाकमा समानता देखिएको थियो।

चिनियाँ राष्ट्रपति सि जिङ पिङ र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाबारे छलफल भएको थियो। दुई नेताहरू बीचको कुराकानी पश्चात् उत्तर कोरिया समस्या समाधान सम्भव भएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका थिए। चीनपछि उनी भियतनाम पुगेका छन्।

 

सीको रात्रीभोजमा मेलानियाको चिनियाँ गाउन