अन्तर्राष्ट्रिय

भारतीय मूलकी मन्त्रीले दिइन् राजीनामा

लन्डन– बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले राजीनामा दिएकी छन् । उनी इजरायलका नेताहरूलाई अनाधिकृत रूपमा भेटेको भन्र्द विवादमा फरेकी थिइन् ।
उनले इजरायलका मुख्य सरकारी अधिकारीहरू तथा नेताहरूलाई भेटेको खुलासा भएको छ । पारिवारिक भ्रमणका क्रममा उनले त्यहाँका नेताहरूलाई भेटेको बीबीसीले जनाएको छ ।
भ्रमणबाट फर्कनासाथ उनले प्रधानमन्त्री थेरेसा मे समक्ष राजीनामा पत्र दिएकी थिइन् । उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहूललाई पनि भेटेकी थिइन् ।
आफूले इजरायलका नेतासँग भेटवार्ता गरेको उनले बेलायती विदेश मन्त्रालयलाई समेत जानकारी दिएकी थिइन् । उक्त जानकारी पश्चात् उनले बेलायतभरि चर्काे आलोचना सहनुपरेको थियो । उनले यसबारे माफीसमेत मागेकी थिइन् ।

 

प्रकाशित: २३ कार्तिक २०७४ ०६:१४ बिहीबार

भारतीय मूलकी मन्त्रीले दिइन् राजीनामा