र्योङयाङ– सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले परीक्षण गरेको आणविक हतियारको विरूद्धमा अमेरिका र अन्य मुुलुकहरूको समर्थनमा उत्तर कोरियामाथि व्यापारिक प्रतिबन्ध लगाएपछि उत्तर कोरियामा शृंगारका सामानहरूको अभाव भएको छ ।
संयुक्त राष्ट्रसंघीय व्यापारिक प्रतिबन्धपछि विश्वका कैँयौ मुलुहहरूले आफ्ना उत्पादन उत्तर कोरिया निर्यात गर्न छाडेपछि त्यहाँ शृंगारका सामानमा अभाव खट्किएको हो ।
किमले पत्नी र बहिनीलाई आफ्नो पार्टीको उच्चस्थ जिम्मेवारी पनि दिएको छ । शृगार उद्योगकको अवलोक गर्दै नेता किमले आगामी दिनमा त्यस्ता सामानहरूको उत्पादन आफैँले गर्ने बताए । नेता किमको पारिवारिक सदस्यहरूबारेको जानकारी मिडियाका लागि दुर्लभ मानिन्छ ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बाबजुद आणविक हतियार परीक्षणलाई निरन्तरता दिइरहँदा कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समय मिसाइल परीक्षणको विषयलाई लिएर कूटनीतिक शत्रुता बढ्दै गएको छ ।
प्रकाशित: १३ कार्तिक २०७४ १०:४७ सोमबार