अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, सय जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा गएको भूकम्पमा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ। शनिवार आएको भूकम्पमा परी ५ सयभन्दा बढी घाइते भएका छन्।

समाचार संस्था बीबीसीका अनुसार स्थानीय समय अनुसार हेरात शनिवार मध्याह्न ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।भूकम्पमा परी हालसम्म १ सय २० जनाको मृत्यु भइसकेको छ।

भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर–पश्चिममा थियो। भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित बनेको बताइएको छ।  

अफगानिस्तानको राष्ट्रिय विपद् प्राधिकरणका अधिकारीले सय जनाको मृत्यु भएको पुष्टि गरेको छ भने संयुक्त राष्ट्र सङ्घले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित: २१ आश्विन २०८० ०४:४८ आइतबार

अफगानिस्तान भूकम्प