अन्तर्राष्ट्रिय

राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै

बान्गुई – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेस मङ्गलबार मध्यअफ्रिकी गणतन्त्र जाने भएका छन्। 

विगत केही महिनादेखि मुस्लिम र क्रिश्चियन लडाकूहरुबीच हिंसा सुरु भएको यस देशमा हिंसाकै बीच उनले सो भ्रमण गर्न लागेको र यस भ्रमणले हाल उक्त देशमा शान्ति स्थापनाका लागि कार्यरत शान्ति सैन्यका लागि हौसला प्राप्त हुने अपेक्षा गरिएको छ। 

अति कठिन अवस्थाकाबीच शान्तिका लागि प्रयास गरिरहेकाहरुप्रति ऐक्यबद्धता जनाउन उनीसो देशमा जान लागेको गुथ्रेसले एएफपीसँगको एक अन्तर्वार्तामा भनेका छन्। 

विश्वकै एक गरिव देशको रुपमा रहेको यो मध्यअफ्रिकामा उनको यो पहिलो भ्रमण हो । 

प्रकाशित: ५ कार्तिक २०७४ ११:१२ आइतबार

राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै