भौतिक शास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार अणुभित्र हुने अत्यन्त शूक्ष्म गतिविधिलाई समेट्न सक्ने प्रकाशका विषयमा अनुसन्धान गरिरहेका तीन जना वैज्ञानिकले पाउने भएका छन्।
हरेक पदार्थमा रहेका अणुभित्रका इलेक्ट्रोनको गतिशीलतालाई प्रकाशको सहायताले अटोसेकेन्डमा पत्ता लगाउन सकिने विधिको आविष्कार गरेकाले उनीहरूले यो पुरस्कार पाएका हुन्। समय मापन गर्ने सबैभन्दा सानो एकाइ अटोसेकेन्ड हो र यो सेकेन्डभन्दा खर्ब गुणाले सानो हुन्छ।
पुरस्कार पाउनेमा पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एनलहुलिए रहेका छन्। भौतिक शास्त्रका लागि नोबेल पुरस्कार कमिटी अध्यक्ष इभा ओल्सनले यो आविस्कारले अटोसेकेन्ड भौतिक शास्त्रका लागि नयाँ ढोका खुलेको बताएकी छिन्।
यो आविष्कारले अझ शक्तिशाली इलेक्ट्रोन माइक्रोस्कोप बन्ने, तीव्र गतिका इलेक्ट्रोनिक्स सरसमान निर्माण हुने र रोगलाई सुरुवाती चरणमै पत्ता लगाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ। पुरस्कृत वैज्ञानिकले संयुक्त रूपमा एक करोड स्विडिस क्रोनर अर्थात् आठ लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।
प्रकाशित: १७ आश्विन २०८० ०५:४७ बुधबार