अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प: अमेरिका

वासिङटन – अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया संकट  समाधानमा कुटनीतिक प्रयास जारी रहने  बताउँदै अमेरिकी चाहना युद्व नभएको दाबी गरेका छन्।

उनले युद्ध  अमेरिकाको अन्तिम विकल्प  भएको बताए।  उनले राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कुटनीतिक समाधानका कै पक्षमा रहेको जिकिर गरेका छन्।

उनले राष्ट्रपति ट्रम्प र अमेरिकी चाहना युद्ध नभएको बताएका छन्।

विभिन्न प्रकारका प्रतिबन्धहरू उत्तर कोरियामाथि लगाइरहँदा  उत्तर कोरिया विरूद्धमा अन्तराष्ट्रिय एकतामा वृद्धि भइरहेको मन्त्री टिलर्सनले बताए । उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्प र टिलर्सन बीचको  मतभेदबारे भने उनी  खुलेनन्।

केही साता अगाडी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र ऊ सँगको परमाणु कार्यक्रम बारे वार्ता गरेर समयको बर्वाद नगर्नका लागि मन्त्री टिलर्सनलाई आग्रह गरेका थिए।

उत्तर कोरियाले छोटो समयको अन्तरालमा नै छैठौ पटक सम्म परमाणु हतियारको परीक्षण गरेर विश्वलाई नै चुनौती दिएको छ। उत्तर कोरियाले जापान माथि मात्रै दुई मिसाईल परीक्षण गरिसकेको छ।

वैदेशिक रोजगारीको क्रममा रहेका उत्तर कोरियाली नागरिकको आयमा कटौती गर्ने लगायतका प्रतिबन्ध समेत उत्तर कोरियामाथि लगाउने तयारी भइरहेको छ।

प्रकाशित: ३० आश्विन २०७४ ०९:३६ सोमबार

उत्तर कोरियासँग युद्ध अन्तिम विकल्प अमेरिका