अन्तर्राष्ट्रिय

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

स्पेनको एउटा नाइटक्लबमा आइतवार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी सहर मर्सियाको क्लबमा भएको आगलागीमा ज्यान गुमाएका चार जनाको शव फेला परेको उद्धारमा संलग्न आपतकालीन सेवाका एक जना उद्धारकर्ताले एएफपीलाई बताए। वारुणयन्त्रका कर्मचारी तथा स्थानीय सङ्घसंस्था आगो निभाउन, खोज तथा उद्धारमा अहिले पनि सक्रिय छन्।  

आपतकालीन सेवाका कर्मचारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरहरूमा पानीको फोहोराबाट आगो निभाइएको, क्लबबाट धुँवाको मुस्लो निस्किएको देखिन्छ।

प्रकाशित: १४ आश्विन २०८० ११:४१ आइतबार

स्पेन नाइटक्लब आगलागी सात जनाको मृत्यु