अन्तर्राष्ट्रिय

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच घाइते

मुजफ्फरबाद – प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको  छ। 

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन्। 

यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् । 

सो झडपमा परी अरु पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ। 

गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए। 

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ। सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो। 

प्रकाशित: २९ आश्विन २०७४ १०:३६ आइतबार

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु घाइते