अन्तर्राष्ट्रिय

अरविन्द केजरीवालको कार चोरी

नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको कार चोरी भएको छ। वगन आर कार सचिवालयमा  पाकिङ गरेको ठाँउबाट चोरी भएको हो।

 केजरीवालको वगन आर कार बिहीबार चोरी भएको हो। कार चोरीबारे जानकारी दिँदै भारतीय प्रहरीले अपराधीको खोजी कार्य भइरहेको बताएको छ।  मुख्यमन्त्रीको कार चोरीको विषय सामाजिक सञ्जालहरूमा चर्चार्का विषय बनेको छ।

सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा कार चोरीको विषयलाई खिल्ली तथा मजाकको विषय बनाइएको छ । सचिवालयमा पार्किङ गरिएको उनको कार चोरी भएको सूचना पाउनासाथ खोजी कार्यलाई निरन्तरता दिइएतापनि अपराधी पत्ता लगाउन सकिएको छैन।

देशलाई सुरक्षा प्रदान गर्ने व्यक्तिको  नै धनमालको सुरक्षा हुन नसकेमा कसरी सर्वसाधारणको जनधनको सुरक्षा हुन सक्छ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी आएका छन्। सीसीटीभी क्यामाराको निगरानीका बाबजुत पनि उनको कार चोरी भएको समाचारले आश्चर्यचकित पारेको छ।

 

 

 

प्रकाशित: २७ आश्विन २०७४ ११:५४ शुक्रबार

अरविन्द केजरीवालको कार चोरी