अन्तर्राष्ट्रिय

हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए

मस्को – सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्। 

रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ। 

मायाडिन क्षेत्रमा इस्लामिक स्टेट्समा एक कमाण्डरसहित ८० जना लडाकूहरु मारिएका छन्। 

त्यसैगरी थप ४० जना आइएस लडाकू अबु अमाल क्षेत्र वरिपरी मारिएको सरकारी अधिकारहिरुले जनाएका छन्। 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृह युद्धमा परिणत भएपछि ठूलो हिंसा जारी छ। 

यो हिंसामा त्यस समयदेखि अहिलेसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको बताइएको छ। 

लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौँले आफ्नै देशमा र छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। 

प्रकाशित: २१ आश्विन २०७४ ११:२५ शनिबार

हवाई कारबाही १२० आइएस लडाकू साठी सैनिक मारिए