अन्तर्राष्ट्रिय

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

स्पेन – स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूको दाबी छ। राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन्।

क्याटालोनियाले  केही दिनमा नै स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेको  छ । यसै हप्ता स्पेनबाट भिन्न भएको घोषणा गर्ने तयारी गरेको स्वायत्त प्रदेशका नेताले बताएका छन्। 

राजाले संवैधानिक रूपमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न नसकेको क्याटालोनिया स्वायत्त प्रदेशका नेता कार्लस् पुइगदेमोन्टले बताए । राजा फिलिपले जनमत संग्रह गराएर क्याटालोनियाका नेताहरूले सरकार तथा प्रजातान्त्रिक मूल्यमान्यताको अनादार गरेको दाबी गरेका छन्। 

क्याटालोनिया भिन्न राज्यमा विभाजित हुनाले स्पेनले विभिन्न खतराहरूको सामना गर्नुपर्ने फिलिपको भनाई छ ।  स्वतन्त्रताका लागि गरिएको प्रदर्शनलाई स्पेनिस प्रहरीले हस्तक्षेप गर्ने खोज्दा करिब २०० को संख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए । मतदानमा क्रममा भएको झडपमा ३३ जना प्रहरीहरू घाइते भएका छन्। 

प्रकाशित: १९ आश्विन २०७४ १३:१४ बिहीबार

स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्