अन्तर्राष्ट्रिय

बच्चालाई खोप नदिएकोमा ७ दिन जेल

संकेत तस्बिर

न्यूयोर्क – अमेरिकाको मिसिगन राज्यकी  एक महिलालाई छोरालाई खोप नदिएकोमा ७ दिन जेल सजायको घोषणा गरिएको छ। 

रिवेक्का ब्रिउडो नाम गरेकी उक्त महिलाले उनको छोराको व्यक्तिगत अधिकारको हनन् गरेको अभियोगमा उनीमाथि ७ दिनको जेल सजाय सुनाइएको हो। 

उनले पहिलो पतीसँग डिभोर्स गरेपछि अर्काे विवाह गरेकी थिइन् । अमेरिकाको मिसिगन राज्यका अभिभावकहरू उनीहरूका छोराछोरीलाई खोप दिनका लागि इन्कार गर्नेमा पहिलो स्थानमा पर्ने गरेको एक अन्र्तराष्ट्रिय तथ्यांकले बताएको छ। 

उनले उनको छोराको रोगसँग लड्न सक्ने घटाउनका लागि खोप नदिई छोराको बाँच्न पाउने अधिकारको हनन् गरेको दाबी कतिपयले गरेका छन् । अमेरिकामा बालबालिकामा खोप दिइनुलाई उनीहरूको अधिकारका रूपमा लिइने गरिएको छ । 

बालबालिकाहरूलाई खोप नदिने राज्यको पहिलो सूचीमा मिसिगन पर्छ। 

प्रकाशित: १९ आश्विन २०७४ १२:४६ बिहीबार

बच्चालाई खोप नदिएकोमा जेल