अन्तर्राष्ट्रिय

काश्मिरमा फेरि तनाव,गोली चल्दा दुई मारिए

मुजफ्फरबाद, पाकिस्तान, असोज १८ - प्राय तनाव नै भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा बुधबार फेरि अर्काे झडप भएको समाचार छ । उक्त झडपका क्रममा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ ।

सीमा नजिकैको अब्बासपुर क्षेत्रको एक गाउँमा भएको सो झडपमा गोली चल्दा एकै परिवारका दुई दाजुबहिनीको ज्यान गएको बताइएको छ । सो झडपमा परी अरु दुई जना घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका दुई महिला रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।

 

प्रकाशित: १८ आश्विन २०७४ ०८:४७ बुधबार

काश्मिरमा फेरि तनावगोली चल्दा दुई मारिए