अन्तर्राष्ट्रिय

स्पेनबाट अलग हुँदै क्याटालोनिया

स्पेन –  क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरेको  छ । 

यसै हप्ता स्पेनबाट भिन्न भएको घोषणा गर्ने तयारी गरेको स्वायत्त प्रदेशका नेताले बताएका छन्। 

स्वायत्त प्रदेशका रूपमा अलग हुने  घोषणाको क्रममा स्पेन सरकारले हस्तक्षेप गरेमा त्यसको प्रतिकार गर्ने स्वायत्त प्रदेशका नेता कार्लस् पुइगदेमोन्टले बताए। 

स्पेन सरकारले भने जनमत संग्रह गराएर आयोजक पक्षले सरकार विपरित कार्य गरेको बताउँदै आएको छ । जनमत संग्रहले स्पेन कठिन मोडमा पुगेको सरकारको दाबी छ । 

स्पेनका राजा फिलिपले जनमत संग्रह गराएर क्याटालोनियाका नेताहरूले सरकार तथा प्रजातान्त्रिक मूल्यमान्यताको अनादार गरेको दाबी गरेका छन्। 
क्याटालोनिया भिन्न राज्यमा विभाजित हुनाले स्पेनले विभिन्न खतराहरूको सामना गर्नुपर्ने फिलिपको भनाई छ ।  स्वतन्त्रताका लागि गरिएको प्रदर्शनलाई स्पेनिस प्रहरीले हस्तक्षेप गर्न खोज्दा करिब २०० को संख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए । 

मतदानमा क्रममा भएको झडपमा ३३ जना प्रहरीहरू घाइते भएका छन् ।
 

प्रकाशित: १८ आश्विन २०७४ ०६:५८ बुधबार

स्पेनबाट अलग हुँदै क्याटालोनिया