अन्तर्राष्ट्रिय

उत्तर कोरियासँगको वार्ता समयको बर्बादीमात्रै : राष्ट्रपति ट्रम्प

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता प्रयास समयको बर्बादीमात्रै भएको बताएका छन्। अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियासँग थालेको वार्ता प्रयास अर्थहीन रहेको ट्रम्पको दाबी छ।

वासिङ्टन र प्योङयाङबीचको वार्ताको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई अनावश्यक रूपमा वार्ताको प्रयास गरेको आरोप लगाउँदै समय नखर्चिन आग्रह गरे।  

गत शनिबार उत्तर कोरियाली नेता किम जोन उन र अमेरिकी विदेशमन्त्री रेक्स टिर्लसनबीच भएको वार्ताका क्रममा उत्तर कोरियाली शासक उन कुराकानीका लागि कम उत्सुक देखिएपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको वार्ता समयको बर्बादी भएको बताएका हुन्।

उत्तर कोरियाले परमाणु हतियार परीक्षणको कार्यक्रम स्थगित गरोस् भन्ने अमेरिकाको चाहना विपरीत उत्तर कोरियाले विभिन्न प्रकारका परमाणु हतियारको परीक्षण कार्यलाई निरन्तरता दिई नै रहेको छ।

समस्या समाधानका लागि गरिएका सम्पूर्ण प्रयासहरू राष्ट्रपति ट्रम्पका कारण सफल हुन नसकेको बीबीसीमा उल्लेख छ।

 

प्रकाशित: १७ आश्विन २०७४ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App