अन्तर्राष्ट्रिय

६३ रोहिङ्गा मुसलमान मारिएका वा बेपत्ता ?

जेनेभा, असोज १३ –डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र संघ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ । 

रोहिङ्गा मुसलमान समूहका व्यक्ति म्यानमारबाट बंगलादेश जाने क्रममा डुङ्गा दुर्घटना घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ । 

आप्रवासीसम्बन्धी अन्तर्रा्ष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३ व्यक्तिको शव भेटिएको अन्य बेपत्ता रहेका बताए । मिलम्यानका अनुसार यस घटनामा परी अन्य ४० व्यक्ति बेपत्ता रहेका छन् । 

गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण पाँच लाखभन्दा बढी रोहिङ्गा मुसमान बंगलादेश पुगेका छन् । यसअघि दुई देशको सीमामा पर्ने नाफ नदी पार गर्ने क्रममा सयौँ रोहिङ्गा मुसलमानको मृत्यु भइसकेको छ ।
 

प्रकाशित: १३ आश्विन २०७४ १४:४३ शुक्रबार

६३ रोहिङ्गा मुसलमान मारिएका वा बेपत्ता