अन्तर्राष्ट्रिय

'प्ले बोइ' म्यागेजिनका संस्थापक हेफनरको निधन

न्युयोर्क — 'प्ले बोइ' म्यागेजिनका फाउन्डर हग हेफनरको ९१ को वर्षको उमेरमा बुधबार मृत्यु भएको छ। प्लेबोइको आधिकारिक ट्विटर ह्यान्डलले जनाएअनुसार हेमनरले आफ्नै घरमा अन्तिम श्वास लिएका थिए।

‘म सधै जवान रहन्छु। जबसम्म महिलाहरु पनि यस्तै सोच्छन् तबसम्म ठिक छ’

हगले ८२ वर्षको उमेरमा सीएननलाई अन्तर्वार्ता दिँदै आफू कहिलै बुढो नहुने बताएका थिए। ‘म सधै जवान रहन्छु। धेरै अगाडि नै मैले सोचेको थिएँ कि उमेरले केही फरक पर्दैन। जबसम्म महिलाहरु पनि यस्तै सोच्छन् तबसम्म ठिक छ’, उनले भनेका थिए।

हगले सन् २०१२ मा क्रिस्टल ह्यारिससँग विवाह गरेका थिए। यो उनको तेस्रो विवाह थियो। त्यतिबेला उनी ८६ वर्षका थिए। क्रिस्टलको उमेर भने ६० वर्षको थियो। चर्चित प्लेबोइ मेन्स लाइफस्टाइल म्यागेजिन उनले सन् १९५३ मा सुरुवात गरेका थिए। 

हगका छोरा कूपर हेफनरले आफ्ना पिताले असाधारण जीवन व्यतित गरेको बताए। ‘मेरा पिताले असाधारण जीवनयापन गरे। उनी केही सामाजिक तथा सांस्कृतिक आन्दोलनका प्रमुख आवाज थिए’, उनले भनेका छन्।

 

प्रकाशित: १२ आश्विन २०७४ ०५:४० बिहीबार

प्ले बोइ म्यागेजिनका संस्थापक हेफनरको निधन