अन्तर्राष्ट्रिय

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

बर्लिन – जर्मनीमा चान्सलर एन्जिला मर्केल संघीय चुनावमा  चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन्। 

उनी चान्सलरका रूपमा निर्वाचित भएतापनि उनी  निकट पार्टी कन्जरभेटिभले सन्तोषजनक मत परिणाम ल्याउन सकेको छैन् ।  कन्जरभेटिभ पार्टीले करिब ३३ प्रतिशत मत ल्याएर संसदको पहिलो पार्टी बन्ने पूर्वानुमान गरिएको छ। 

कन्जरभेटिभ पार्टी संसदको पहिलो पार्टी बनेतापनि स्पष्ट बहुमत ल्याउन भने सफल नहुने देखिन्छ। यो मतपरिणाम पछिल्लो ७० वर्ष यता कै खराब परिाणाम हो। 

कन्जरभेटिभ पार्टीसँगको गठबन्धनमा रहेको सोसल डेमोक्रेटिक पार्टीभने मतपरिणाम सन्तोषजनक नभएको भन्दै प्रतिपक्षमा गएको छ।

सोसल डेमोक्रेटिक पार्टीले करिब २० प्रतिशत मत प्राप्त गर्ने सर्वेक्षणले बताएको छ। 

प्रकाशित: ९ आश्विन २०७४ ०९:०५ सोमबार

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित