अन्तर्राष्ट्रिय

स्पेनी होटेलको खानाले नौ बालबालिका अस्पताल भर्ना

लण्डन –  विद्यालयबाट भ्रमणमा स्पेन पुगेका नौ जना बालबालिकाले स्पेनी एक होटेलमा खाना खाएका कारण विरामी परेपछि स्थानीय एक अस्पतालमा भर्ना भएका छन्। 

विद्यालयको कार्यक्रम अनुसार स्पेन पुगेका उनीहरूले स्पेनको सतान्दर शहर नजिकैको एक ग्रामीण इलाकामा रहेको चारतारे होटल कामपोमरमा खाना खाएपछि बिरामी परेको बेलायती दैनिक पत्रिका माइलले बिहीबार जनाएको छ। 

अस्पतालले खानामा कार्बनमनोअक्साइड नामक विषाक्त पदार्थ मिसिएको आशङ्का गर्दै उपचार अगाडी बढाएको छ। उनीहरूको सतान्दरको मार्केस दे भाल्देसिला अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

उक्त होटलमा खाना खाएका बिरामीमध्ये पाँचजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनीहरू बेलायती बालबालिका भने नरहेको उक्त दैनिकले जनाएको छ। 

प्रकाशित: ५ आश्विन २०७४ १४:३२ बिहीबार

स्पेनी होटेलको खानाले बालबालिका अस्पताल भर्ना