अन्तर्राष्ट्रिय

लिवियामा डुङगा डुब्दा सय जना बेपत्ता

त्रिपोली –  लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी यात्रु बेपत्ता भएका छन्। 
उद्धारकर्ताहरुले बुधबार सात जनालाई जिवितै उद्धार गरेको लिवियन नौसेनाले बिहीबार जनाएको छ। 

शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। 
गत हप्ता पनि तटरक्षकहरूले तीन हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरेका थिए। उनीहरुलाई तटरक्षकले उद्धारपछि युरोपतिर तारिदिएका थिए भने अरु दुई हजार जनालाई इटलीमा पुर्‍याइएको थियो। 

लिवियाबाट एक हप्तामै यति धेरै बाहिरिएको संभवतः पहिलो पटक भएको समाचारमा जनाइएको छ । 

प्रकाशित: ५ आश्विन २०७४ १२:४२ बिहीबार

लिवियामा डुङगा डुब्दा जना बेपत्ता