अन्तर्राष्ट्रिय

भारतको राजस्थानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतको राजस्थान राज्यमा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।

राजस्थानको भरतपुरमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन्।  

बीबीसीका अनुसार गुजरात राज्यको भावनगरबाट मथुरा गइरहेको बस जयपुर–आगरा राजमार्गमा आज बिहान करिब ५ बजे दुर्घटनामा परेको हो।  

दुर्घटनामा परी घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

प्रकाशित: २७ भाद्र २०८० ०४:३८ बुधबार

भारत राजस्थान बस दुर्घटना ११ जनाको मृत्यु