अन्तर्राष्ट्रिय

मालीमा भएको आक्रमणमा परी कम्तिमा ११४ जनाको मृत्यु

मालीमा भएको आक्रमणमा परी कम्तिमा ११४ जनाको मृत्यु भएको छ।  

इस्लामवादी लडाकूहरूले बिहीवार उत्तरी मालीमा यात्रुवाहक डुङ्गा र सैनिक शिविरमा छुट्टाछुट्टै आक्रमण गर्दा ४९ जना सर्वसाधारण र १५ जना सेना मारिएका छन्।

समाचार संस्था एपीका अनुसार मालीको रक्षा मन्त्रालयले आक्रमणमा झण्डै ५० जना आक्रमणकारी पनि मारिएको दाबी गरेको छ।

माली सेनाका अनुसार अबाकोइरा र जोरघोइको बीचमा आक्रमणकारी समूहले उक्त डुङ्गामाथि आक्रमण गरेको थियो। डुङ्गा नाइजर नदी हुँदै यात्रा गरिरहेको थियो। यात्राको क्रममा डुङ्गा नदीमा फसेपछि सेनाको टोली उद्धारका लागि पुग्दा उनीहरूमाथि आक्रमण भएको माली सरकारले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८० ०६:२९ शुक्रबार

इस्लामवादी लडाकूहरू माली ११४ जनाको मृत्यु