अन्तर्राष्ट्रिय

लागु औषध ओसारपसार गर्ने परेवालाई प्रहरीको गोली

अर्जेन्टिना – लागु औषध गाँजालगायतको लागुऔषध बोकेर जेल तर्फ जाँदै गरेको परेवालाई अर्जेन्टिनी प्रहरीले गोली हानी रोकेको छ । 

जेलका केही कर्मचारीहरूका लागि परेवाले गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोली हानेको हो । 

यो घटनासँगै अर्जेन्टिनाको सान्ट् रोसामा रहेको जेलमा परेवाले गाँजा तथा लागु औषधी लैजाने गरेको खुलासा भएको छ । 

परेवालाई गोली हानी ती परेवाको साथमा गाँजा लगायतका लागु औषध बरामद गरिएको प्रहरीले बताएको छ। 

सन् २०१३ देखि नै लागु औषधीको ओसापसारका लागि तालिम प्राप्त परेवाहरू प्रयोग भइरहेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ। 

लागु औषध तथा गाँजा बोकेको सबैभन्दा ठूलो परेवालाई गोली हानी प्रहरीले अनुसन्धानको सुरूवात गरेको थियो । 

प्रकाशित: १७ भाद्र २०७४ ०७:५९ शनिबार

लागु औषध ओसारपसार गर्ने परेवालाई प्रहरीको गोली