अन्तर्राष्ट्रिय

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ। 

बलुचिस्तान प्रान्तको हारनै क्षेत्रमा भएको कारबाहीको क्रममा ती आतङ्ककारीहरू मारिएका जनाइएको छ। 

यस कारबाहीको क्रममा आतङ्काकारी र सुरक्षाबलबीच दोहोरो गोली हानाहान समेत भएको बताइएको छ। सो क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु लक्षित सो कारबाही भएको थियो। 

यस कारबाहीमा मारिएका आतङ्ककारीहरू यस अघि बम विस्फोट गराउने यस्तै अन्य आतङ्ककारी कार्यमा संलग्न रहदै आएका जनाइएको छ।

प्रकाशित: १६ भाद्र २०७४ १०:३२ शुक्रबार

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए