अन्तर्राष्ट्रिय

कतारको संकट सुल्झाउन ट्रम्प अघि सरे

वासिङटन – कतार संकटमा कुटनीतिक पहल गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रसरता देखाएका छन्। समस्या सुल्झाउन उनले  साउदी अरबियाका राजा शलमानसँग टेलिफोन वार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

दुई देशका शासकहरूबीच कतार संकट समाधानबारे कुराकानी भएको ह्वाइट हाउसलाई उदृधत गर्दै अलजजिरा टेलिभिजनले जनाएको छ। राष्ट्रपति ट्रम्पले कतार संकटको कुटनीतिक समाधानको विकल्प उल्लेख गरेका छन्। साउदी राजा सलमानले भने संकट समाधानका लागि कतारले आतंकवादी गतिविधीको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेको थिए। 

फोनवार्ताका क्रममा राष्ट्रपति ट्रम्प समक्ष राजा शलमानले अमेरिकाको टेक्सास राज्यको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरू प्रति समवेदना व्यक्त गरेका थिए। टेक्सास राज्यमा आएको बाढीका परि ज्यान गुमाउनेहरूको संख्या २० पुगिसकेको छ। करिब १३ हजार विस्थापित छन्। 
कतारले इरानसँग मिली आतंकवादलाई समर्थन गरेको आरोपमा साउदी अरेबिया नेतृत्वमा ६ खाडी मुलुकहरू कतारमाथि व्यापारिक नाकाबन्दी लगाइरहेका छन्। 

नाकाबन्दी पछि रियादले दोहासँगको जल तथा स्थल व्यापारमा बन्देज लगाएको छ। खाद्यान्नमा पूर्णतया परनिर्भर रहेको कतारले नाकाबन्दी पछि इरान र टर्कीबाट खाद्यान्नको आपूर्ति गर्दै आएको छ। 

 

प्रकाशित: १६ भाद्र २०७४ ०८:२१ शुक्रबार

कतारको संकट सुल्झाउन ट्रम्प अघि सरे