अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण मुम्बईमा पाँचको मृत्यु

मुम्बई – मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ। 

प्राप्त पछिल्लो समाचारअनुसार भारी वर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन्। 

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ। जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ। 

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पुर्‍याएको छ। यस मुनसुनबाट भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ। 

मुम्बईमा बर्षा जारी छ। पानी जमेमा कारण बजार क्षेत्र अस्तव्यस्त छ। पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ– एकजना सरकारी अधिकारीले जानकरी दिएका छन् । 

प्रकाशित: १४ भाद्र २०७४ ११:१२ बुधबार

भारी वर्षाका कारण मुम्बईमा पाँचको मृत्यु