युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेजनीकोभलाई बर्खास्त गरिएको छ।
बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले रक्षा मन्त्री ओलस्कीलाई पदबाट बर्खास्त गरेका हुन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्नु अघिदेखि ओलेस्कीले युक्रेनको रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए। उनलाई पदबाट बर्खास्त गरेपछि राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्टेट प्रोपर्टी फन्डका प्रमुख रूस्तम उमरोभलाई नयाँ रक्षा मन्त्री नियुक्त गरेका छन्।
जेलेन्स्कीले रक्षा मन्त्रालयमा अब नयाँ सोच र दृष्टिको आवश्यकता रहेको बताए।
बर्खास्त गरिएका ओलेस्कीलाई बेलायतमा युक्रेनका लागि राजदूत बनाएर पठाउने तयारी भएको छ।
ओलेस्कीले पछिल्लो समय बेलायतका वरिष्ठ मन्त्रीहरूसँग राम्रो सम्बन्ध विस्तार गरेको युक्रेनी सञ्चार माध्यमहरूले जनाएको छ। ५७ वर्षका ओलेस्कीले युक्रेन युद्धको क्रममा विश्वभर आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका छन्।
प्रकाशित: १८ भाद्र २०८० ०६:०८ सोमबार