अन्तर्राष्ट्रिय

काबुल आक्रमणमा ५ को मृत्यु, ८ घाइते

काबुल– अफगाननिस्तानको राजधानी काबुलमा तालिवानले गरेको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

राजधानी काबुल नजिकै रहेको बैंकमा मंगलबार बिहान १० बजे तालिवानी समूहले उक्त आक्रमण गराएका थिए। आक्रमणमा मारिनेहरूमा बैकमा कार्यरत एक सुरक्षा गार्ड समेत छन्।

घटनाबारे अनुसन्धान भइरहेको छ । आक्रमणका कारण भौतिक संरचनाहरू क्षतविक्षत भएका छन्। आक्रमण काबुलमा रहेको अमेरिकी दूतावास नजिकै भएको थियो।

प्रकाशित: १३ भाद्र २०७४ ०९:०७ मंगलबार

काबुल आक्रमणमा को मृत्यु घाइते