अन्तर्राष्ट्रिय

भारतीय सैनिक दोक्लम क्षेत्रबाट फिर्ता हुने

बेइजिङ – चीन र भारत बीचको सीमा विवाद अन्त्य हुने संकेत देखिएको छ । विवादित क्षेत्र दोक्लमबाट सैनिक फिर्ता गर्नका लागि भारतले तत्परता देखाएसँगै दुई देशबीचको सीमा विवाद अन्त्य हुन सक्ने अनुमान गरिएको हो।  लामो समयको कुटनीतिक प्रयास पछि भारतले उक्त क्षेत्रबाट सेना फिर्ता गराउनका लागि तत्परता देखाएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

चीनले सडक निर्माण गर्न थालेको उक्त क्षेत्रमा भारतीय हस्तक्षेप भएपश्चात्  चीन ,भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गत जुन १८ देखि सैनिक परिचालन गरिएको थियो ।  चिनियाँ लगानीका निर्माण हुन लागेको उक्त सडकमा भारतीय हस्तक्षेप भएपछि सडक निर्माण कार्य स्थगित भएको थियो ।

सीमा क्षेत्रमा देखिएको विवादका कारण केही समय यता भारत र चीनबीचको कुटनीतिक सम्बन्धमा चिसोपन आएको थियो । 

 

प्रकाशित: १२ भाद्र २०७४ ०९:४१ सोमबार

भारतीय सैनिक दोक्लम क्षेत्रबाट हुने