अन्तर्राष्ट्रिय

भारतको ओडिशामा चट्याङ्ग लागेर १० जनाको मृत्यु

भारतको ओडिशा राज्यमा चट्याङ्ग लागेर १० जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार शनिवार राति ओडिशाको विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङ्ग लागेर अन्य ३ जना घाइते भएका छन्।

ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण जनजीवन पनि प्रभावित बनेको छ।  

ओडिशाको विशेष राहत आयुक्तको कार्यालयका अनुसार खोरधा जिल्लामा मात्रै ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। यस्तै बलाङ्गीर जिल्लामा दुई जना, अङ्गुल, बौध, जगतसिंहपुर र ढेकानाल जिल्लामा एकएक जनाको मृत्यु भएको छ।

प्रकाशित: १७ भाद्र २०८० ०४:३६ आइतबार

चट्याङ्ग भारतको ओडिशा १० जनाको मृत्यु