अन्तर्राष्ट्रिय

ईराकमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु

ईराकमा भएको सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ।  

उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्। मुस्लिम धर्माबलम्वीहरूका लागि ठूलो धार्मिक जमघट हुने कर्बाला सहरमा उक्त दुर्घटना भएको हो।  

दुजैल र समरा सहरको बीचमा दुईवटा मिनिबस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १३ जना घाइते भएका छन्। ईराकी समाचार संस्था आईएनएका अनुसार सालाहेद्दिन प्रान्तका स्वास्थ्य सेवाका निर्देशक खालेद बुरहानले घटनाबारे पुष्टि गरेका छन्।  

बुरहानले घटनाबारे विस्तृत नबताएपनि मृत्यु भएकामध्ये अधिकांश ईरानका रहेका तथा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको पनि बताएका छन्।  

प्रकाशित: १६ भाद्र २०८० १०:२४ शनिबार

ईराक सवारी दुर्घटना शिया इरानी तीर्थयात्रीहरू मुस्लिम धर्माबलम्वीहरू