अन्तर्राष्ट्रिय

भारतमा धर्मगुरुका पक्षमा प्रदर्शन,  ३१ को मृत्यु

पञ्चकुला – उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । 

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो। 

यस प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले जनाए अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरू हताहत भएको छ। 

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो । 

हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरुरू, सार्वजनिक तथा निजी सवारी साधनहरू, भवनहरू लगायतमा तोडफोड गरेका छन्। 

उनीहरूले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरूले बताएका छन। 

हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ। हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ। 

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो। 

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् । सिंहका अनुसार गुरमितलाई सातदेखि १० वर्षसम्मको कैद हुनसक्ने छ। 

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरूले जनाएका छन्। 

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन्। 

५० वर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहेका अनुमान गरिएको छ। 

प्रकाशित: १० भाद्र २०७४ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App