अन्तर्राष्ट्रिय

भारतद्वारा सूर्य अध्ययनका लागि पहिलो सोलर मिसन लञ्च

भारतले सूर्य अध्ययनका लागि पहिलो सोलर मिसन लञ्च गरेको छ।

भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।

आदित्य– एल १ लाई आन्ध्र प्रदेशको श्री हरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट लञ्च गरिएको हो। भारतीय समय अनुसार बिहान ११ः५० बजे लञ्च गरिएको सो यानले सूर्यको विषयमा अध्ययन गर्नेछ।  

आदित्य–एल १ सूर्यका लागि भारतको पहिलो मिशन हो। यसअघि अन्य मुलुकले सूर्यको अध्ययनका लागि आफ्नो मिशन पठाइसकेको छ।

भारतीय सञ्चार माध्यमहरूले इसरोलाई उद्धृत गर्दै उक्त अन्तरिक्ष यान सूर्यको नजिक जाँदैन। सूर्यबाट यानको दूरी पृथ्वीबाट १५ लाख किलोमिटर रहेको छ। यो दूरी पृथ्वी र चन्द्रमाको बीचको दूरीभन्दा चार गुणाले बढी छ। पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किलोमिटर छ।

भारतले केहिदिन अघि मात्रै चन्द्रमामा आफ्नो सफल यान अवतरण गराएको थियो।  

प्रकाशित: १६ भाद्र २०८० ०७:२८ शनिबार

सूर्य अध्ययन भारत भारतीय स्पेस एजेन्सी इसरो सोलर मिशन आदित्य एल–