अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घविरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु

कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा संयुक्त राष्ट्रसङ्घविरोधी भएको प्रदर्शनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

कङ्गोका सैनिकले बुधवार गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए। समाचार संस्था सिन्हुवाका अनुसार शुरुमा करिव १० जनाको मृत्यु भएको बताइएपनि अहिले त्यो सङ्ख्या बढेर ५० पुगेको हो।

सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिनेमा प्रहरीसहित रहेका छन् भने थप ७५ जना घाइते भएको उल्लेख छ। उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन्।

त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि शहरमा गतिविधि ठप्प रहेको भन्दै प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताए।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटमा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो।

प्रकाशित: १५ भाद्र २०८० ०४:४७ शुक्रबार

संयुक्त राष्ट्रसङ्घ कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) ५० जनाको मृत्यु