अन्तर्राष्ट्रिय

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुँदा ३७ कैदी मारिए

काराकस – दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको छ। 

भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो। 

उक्त जेलमा रहेका कैदी र प्रहरीबीच भएको यस झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका जानकारी दिइएको छ। 

अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको यस घटनाको पुष्टि गरेको जनाइएको छ। 

यस घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ । भेनेजुएलामा हालका बर्षहरुमा जेलमा हुने गरेका यस्ता घटनाहरुबाट कैयौँको ज्यान गएको छ। 

गत अप्रिलमा यहाँको पूर्वी राज्य एनजोएटगु्इमा रहेको जोसे अन्टोनियो एनजोएटगु्इ राज्यमा रहेको एक जेलमा भएको हिंसामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए। 

त्यसैगरी सन् २०१३ को जनवरीमा उत्तरी भेनेजुएलाको उरीबाना जेलमा कैदी सुरक्षा गार्डबीच भएको भडपका परी ६१ व्यक्ति मारिएका थिए । 

प्रकाशित: १ भाद्र २०७४ ०९:५१ बिहीबार

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुँदा ३७ कैदी मारिए