अन्तर्राष्ट्रिय

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो

मड्रिड–  स्पेनको तटरक्षक टोलीले करिब ६०० आप्रवासीहरूलाई उद्धार गरेको छ । उद्धार गरिएकाहरू मध्ये ३५ जना बच्चा  र एक शिशु छन्। 
१५ वटा जहाजमा आप्रवासीहरूलाई राखी उद्धार गरिएको  तटरक्षक टोलीले बताएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार स्पेनमा अहिलेसम्म ९ हजारभन्दा बढी संख्यामा आप्रवासी छन्।

उक्त संख्या गत वर्षको तुलनामा ३ गुणाले बढी हो। 

१२० मानिसहरूको समुद्र पार गर्ने क्रममा डुबेर  मृत्यु भएको आकंलन गरिएको छ। संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशेन फर माइग्रेशनले निकालेको तथ्यांकअनुसार यस वर्ष आप्रवासी संख्या बढी हुने देशमा ग्रीस भन्दा अघिल्लो स्थानमा स्पेन रहेको छ। 

धेरै जसो मानिसहरू अफ्रिकाको उत्तरी क्षेत्रबाट डुङ्गाको प्रयोग गरी आप्रवासीका रूपमा स्पेन आउने गरेका छन्। केही आप्रवासीहरूले भने सामाजिक सञ्जालमार्फत् स्पेन प्रवेश गरेको जानकारी पनि दिने गरेका छन्। 

यस वर्ष भने लिबियाबाट इटाली जाने आप्रवासीहरूको संख्या अत्याधिक रहेको  एक तथ्यांकले बताएको छ।

 

प्रकाशित: १ भाद्र २०७४ ०६:०२ बिहीबार

स्पेनले ६०० आप्रवासीहरूको उद्धार गर्‍यो