अन्तर्राष्ट्रिय

उत्तर कोरियाको निसानामा अमेरिकी सैनिक अखडा

प्योङयाङ्ग– उत्तर कोरियाले अमेरिकाको गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने तयारी गरेको छ। उत्तर कोरियाले पछिल्लो पटक गरेको अन्तर महादेशीय व्यालेस्टिक मिसाईल परीक्षणलाई विश्वकै एक चुनौतीका रुपमा लिइएको छ। उक्त मिसाईल परीक्षणको बदलामा अमेरिकाले ऊ माथि हमला गर्न सक्ने चेतावनी दिएपछि उसले  हिसाब मिलाउनका लागि भन्दै अमेरिकी सैनिक अखडालाई निशाना बनाई हमला गर्ने चेतावनी दिएको हो।

अमेरिकाको आग्रहमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि व्यापारिक नाकाबन्दी लगाइसकेको छ। जसलाई उत्तर कोरियाले देशको सार्वभौमिकता माथिको आक्रमण भन्दै आएको  छ। आफुमाथि लगाइएको नाकाबन्दीको जवाफका लागि समेत उत्तर कोरियाले अमेरिकामाथि हमला गर्ने योजना बनाएको हो।

उत्तर कोरियाली नेता किम जोन उनले स्थगित गरिएको आणविक कार्यक्रम सुरु गर्न आदेश दिइसकेका छन्। उत्तर कोरियाबाट  २ हजार १ सय २८ माइलको दुरीका रहेको अमेरिकाको गुआम सैनिक अखडालाई हमला गर्ने तयारी उत्तर कोरियाले गरेको छ।
 

प्रकाशित: २५ श्रावण २०७४ १०:४२ बुधबार

उत्तर कोरियाको निसानामा अमेरिकी सैनिक अखडा