अन्तर्राष्ट्रिय

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

न्यूयोर्क – उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्। 

अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रूस र चीनले पनि समर्थन गरेको ट्रम्पको दाबी छ । आइतबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको मतदानमा चीन र रुसले पनि अमेरिकाको पक्षमा मतदान गरेकोमा उनले रुस र चीनको प्रशंसा गरेका हुन्। 

अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीका विषयमा आइतबार राष्ट्रसंघको सुरक्षा परिषद्मा भएको मतदानमा अमेरिकाको पक्षमा मतदान गरी चीन र रुसले अमेरिकाको समर्थन गरेको भन्दै राष्ट्रपति ट्रम्पले दुवै देशको समर्थन गरेका हुन्। 

उत्तर कोरियाले भने आफूमाथि लगाइएको नाकाबन्दी एक पक्षीय भएको भन्दै त्यसको विरोध गर्दै आएको छ। 

राष्ट्रसंघको आइतबार बसेको सुरक्षा परिषद्को बैठकले उतर कोरियाद्वारा उत्पादित सामानहरू विश्व भर नै निर्यात गर्नका लागि प्रतिबन्ध लगाएको छ।

यस अघि अमेरिकाले आफ्ना नागरिकहरूलाई आगामी सेप्टेम्बर १ देखि  उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। भ्रमणका क्रममा उत्तर कोरिया गएका एक अमेरिकी विद्यार्थीलाई सन् २०१६ देखि उत्तर कोरियाले बन्दी गृहमा राखेको थियो। 

प्रकाशित: २३ श्रावण २०७४ ०७:१८ सोमबार

ट्रम्पले गरे चीन रुसको प्रशंसा