अन्तर्राष्ट्रिय

काटिएको धानको गाँजबाट पुनः धान फलाउन चिनियाँ किसान सफल

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्।

रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो। किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अपनाएको पाइएको छ। रेटुन विधि अपनाएर उत्पादन दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ। विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ। अब धान बाली पहिलो उत्पादन दिएर  छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ।

जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो। माटोको बनावट अनुसार फरकफरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए।

रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो। किसानहरूले परम्परागत रूपमा उखु र केरामा यो विधि अपनाएको पाइएको छ।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधि अनुसार रोपिएको धानले कृषकको समय, पैसा वचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए। उनले भने,‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको वचत गर्छ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ। प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लगाइएको बालीले अन्न उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधि अनुसार रोपिएको धानले कृषकको समय, पैसा वचत गरेको र उत्पादन पनि दोब्बर भएको बताए। उनले भने,‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको वचत गर्छ।’

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एकपटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ। जस्तै उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ। यसले समय र श्रमको वचत हुन्छ। यससँगै किसानले कम लागत, दक्षता वृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रूपमा भूमिको प्रयोग गर्न सक्ने छन्।

प्रकाशित: ५ भाद्र २०८० ०७:४२ मंगलबार

प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङ पूर्वी चीनको जियाङ्सी प्रान्त