अन्तर्राष्ट्रिय

भियतनाममा बाढीबाट नौ जनाको मृत्यु, २४ बेपत्ता

हनोइ –  भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ । 

साथै यस बाढीमा परी अरु करिब २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थान तथा नियन्त्रण विभागले शुक्रबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ। 

यस बाढीका कारण करिब दुई सय वटा घर बगाएको छ । बाढीका कारण कैयौँ राष्ट्रिय राजमार्ग र सयौँ हेक्टर खेतीयोग्य जमीनसमेत नष्ट भएको छ। 

सोन ला ,येन बाइ र लाई चुग प्रान्तमा बाढीको प्रभाव परेको छ। यसैगरी शुक्रबार माध्याह्नसम्म ती प्रान्तमा २४ व्यक्ति बेपत्ता भएका छन । 

भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म आएको बाढी र आँधी लयायत प्रकोपमा परी ७५ व्यक्तिको मृत्यु हुनुको साथै ७७ व्यक्ति घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: २० श्रावण २०७४ ११:४५ शुक्रबार

भियतनाममा बाढीबाट जनाको मृत्यु २४ बेपत्ता