अन्तर्राष्ट्रिय

डोक्लम क्षेत्रबाट भारतीय सेना फिर्ता

नयाँ दिल्लीचीन र भारतको विवादित सीमा क्षेत्र डोक्लमबाट भारतीय सैनिक फिर्ता भएका छन्। डोक्लममा गत १८ जुनदेखि चार सय भारतीय सैनिक तैनाथ गरिएको चीनको दाबी छ। तैनाथ सैनिक उक्त क्षेत्रबाट हटाउनका लागि चीनले भारतलाई चेतावनी दिँदै आएको थियो।

चीनले  सडक निर्माण गर्न लागेको उक्त क्षेत्रमा भारत सरकारले सैनिक परिचालन गरी अवरोध सिर्जना गरेपश्चात् दुवै देशले उक्त क्षेत्रमा सेना परिचालन गरेका हुन्।

चीनको चेतावनीपछि अहिले उक्त क्षेत्रमा ४० को संख्यामा मात्रै भारतीय सेना तैनाथ छन्। देशको सार्वभौम सत्ता जोगाउनका लागि चिनियाँ सैनिकले आत्मसमर्पण नगर्ने चिनियाँ राष्ट्रपति सी जिङपिङले बताएका छन्।

प्रकाशित: १९ श्रावण २०७४ ०७:३८ बिहीबार

डोक्लम क्षेत्रबाट भारतीय सेना