अन्तर्राष्ट्रिय

एक दिनमा ८४ आतङ्ककारी मारिए

काबुल – अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो कारबाही जारी राखेका थिए। 

त्यसगरी अफगानिस्तानको ३४ प्रान्तमा १५ वटामा तीन दिनसम्म सुरक्षाबल विशेष कारबाही जारी राखेका थिए । विशेष सुरक्षा बलले उक्त कारबाहीमा तीन स्थानीय कमाण्डर र १० हक्कानी आतंककारी समूहका सदस्य मारिएका बताइएको छ। 

तालिवान आतंककारी समूहले यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन्। बुधबार बिहान सबेरै दक्षिण प्रान्त कान्दाहारमा नेटो सैनिक समूहलक्षित भएको एक आत्मघाती आक्रमणमा हताहती भएको संयुक्त सेनाले पुष्टि गरेका छन्। 

प्रकाशित: १८ श्रावण २०७४ १४:१९ बुधबार

दिनमा ८४ आतङ्ककारी मारिए