अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २६ सैनिक मारिए

कान्दाहार –  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ। 

कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका थिए । त्यहाँ ठूलो सङ्ख्यामा सैनिक मारिएको अनुमान स्थानीय समाचार स्रोतले गरेको थियो। 

अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृतगर्दै दिइएको पछिल्लो समाचारमा सो आक्रमणमा परी २६ जना सैनिक मारिएका र अरु १३ जना घाइते भएका छन्। 

उक्त मन्त्रालयले सो आक्रमण भीषण रहेको र घटनास्थलमा थप सुरक्षा बल पुगेर अनुसन्धान थालेकोले हताहतको पूर्ण विवरण केही समयमा आउने कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित: ११ श्रावण २०७४ १२:१२ बुधबार

अफगानिस्तानमा २६ सैनिक मारिए