अन्तर्राष्ट्रिय

भारतमा केबलकार दुर्घटना, ७ को मृत्यु

एजेन्सी –  भारतको कश्मिर स्थित गुलमार्ग रिसोर्टमा केबलकार दुर्घटना हुदाँ  दुई बालबालिका सहित ७ जनाको मृत्यु भएको छ । 
रूखको हाँगा भाचिएर केबलकारलाई ठक्कर दिए पश्चात् उक्त केबलकारको डब्बा भुइँमा बजारिदाँ उक्त केवलकारमा रहेका यात्रुहरू मृत्यु भएको हो । 

हावाको गतिमा भएको वृद्विले केबलकार यात्रा गरिरहेका अन्य यात्रुहरू समेत प्रभावित भएका थिए । 

यात्रामा खतरा बढ्दै गएपश्चात् केबलकारमा रहेका अन्य १०० जनालाई सुरक्षित रूपमा जमिनमा ल्याइएको थियो ।
  
 

प्रकाशित: १२ असार २०७४ ०९:३८ सोमबार