अन्तर्राष्ट्रिय

थाइल्याण्डमा छ सैनिक मारिए

बैंकक – दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ। 

थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए। 

थाई प्रहरीकाअनुसार छ सैनिकको मृत्यु हुनको साथै अन्य चारजना घाइते भएका छन् । थाईल्याण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको पाइन्छ । 

गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि यो आक्रमण भएको थियो । विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ असार २०७४ १०:१५ सोमबार