अन्तर्राष्ट्रिय

लन्डनको आगलागीमा हराएका व्यक्तिहरु मारिएका आशङ्का

लन्डन – बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा गत बुधबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ। 

ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताएका छन्। 

प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भईसकेका थियो। 

मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ । 
बिबिसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ।
 
ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा घरहरु गाभिएका छन्। 

बेलायती प्रधानमन्त्री थेरोसा मे घटनामा पिडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । 

प्रकाशित: ४ असार २०७४ ०८:०५ आइतबार