अन्तर्राष्ट्रिय

मोगादिसुको रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु

मोगादिसु –  सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। 

आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन्। 

एकाबिहाने भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिएका छन्। 

स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ। 

रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ।

प्रकाशित: १ असार २०७४ १०:३० बिहीबार

मोगादिसुको रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु