अन्तर्राष्ट्रिय

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप

तेहरान–  इरानका   सैनिक प्रमुख मोस्टाफा ज्यादीले अमेरिकाले इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोप लगाएका छन् । 

ज्यादीले अमेरिकाले इस्लामिक स्टेटको समर्थन गरेकोमा आफुसँग प्रशस्त पुष्टि गर्ने आधार समेत भएको बताए । अमेरिकाले शक्तिहीन मुलुकहरूमा आफुले शासन चलाउनका लागि इस्लामिक स्टेटको समर्थन गरेको उनको दाबी छ । 

उनले अमेरिकाले इस्लामिक स्टेटको समर्थन गर्दैै विश्वमा अराजक तथा आतंकवादी गतिविधि फैलाएको जिकिर गरे । केही दिन  अगाडी मात्र इरानको संसद भवन बाहिर भएको बम विस्फोट गराउनमा समेत अमेरिकाको संलग्नता रहेको उनले बताए।  

उक्त विस्फोटमा ४ सुरक्षाकर्मीहरु सहित १७ जनाको मृत्यु भएको थियो । अमेरिकाको यस्तो हर्कतले  अमेरिका प्रति इरानीहरू आक्रोशित भएका छन् । उनले इस्लामिक स्टेटमा आबद्व इरानीहरूलाई फर्कनका लागि समेत आह्वान गर्र्दै अमेरिकाले इराक समेत सेना परिचालन गरेकोमा निन्दा गरे । 

मुस्लिम बाहुल्य मुलुक साउदी अरेबियाको भ्रमणको क्रममा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको समेत आलोचना गरेका थिए । 

 

प्रकाशित: २९ जेष्ठ २०७४ ११:०५ सोमबार

अमेरिकाले विश्वमा आतंक फैलाएको इरानको आरोप